दाङ । दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका–१० झाबैरा चोक नजिक घोराहीबाट तुलसीपुर तर्फ जाँद गरेको रा १ ख १२९१ नम्बरको टिप्परले सोही दिशा तर्फ गइरहेको रा ७ प ७४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक तुलसीपुर–१९ कुटीचौर निवासी १९ बर्षिय सुदिप बुढाथोकीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी इश्वर थापाले जानकारी दिए।
मोटरसाइकलमा सवार सोही ठाउँ निवासी २२ बर्षिय दिपक बस्नेत घाईते भएका छन्। उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। टिप्पर र चालक डोक्रेना निवासी ४० बर्षिय जितबहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति : २०८१ मंसिर १७ गते सोमबार
प्रतिक्रिया दिनुहोस्