संस्कृत विश्वविद्यालयको उपकुलपतिमा दरखास्त आह्वान




काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको छ ।

नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले बुधबार एक सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेकोे हो ।

इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको आज मितिले १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखामा कार्यालय समयमा दरखास्त दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ कात्तिक २८ गते बुधबार