Kohalpur Today Header Ads

बसमा चढ्ने क्रममा लड्दा एक पुरूषको मृत्यु




पश्चिम नवलपरासीमा बस चढ्नेक्रममा खस्दा एक जनाको मृत्यु भएको छ।

शनिबार दिउँसो सवा २ बजे प्रतापपुर गाउँपालिका-९ खैरेनी स्थित त्रिबेणीदेखि बर्दघाट जादै गरेको लु १ ख ३६६३ नं. को बसमा यात्रु चढ्नेक्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहराले जानकारी दिए।

सोही ठाउँमा बस्ने ३४ वर्षीय जगदीश थारु बसमा चढ्ने क्रममा लडेर घाइते भएका थिए। उनको उपचारका लागि स्थानीय मेडिकलमा सामान्य उपचार गराएर भैरहवा मेडिकल कलेज रूपन्देहीमा रिफर गरिएको थियो।

LIfe Ok

उपचारकै क्रममा अपराह्न ४ बजे मृत्यु भएको डिएसपी बोहराले बताए।  बस र बस चालकलाई प्रहरीले नियन्त्रण लिएको छ। शव पोष्टमर्टमका लागि पृथ्वी चन्द्र अस्पतालमा लगिएको छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ कात्तिक २४ गते शनिबार