लहान ।
सिराहाको लहान ३ रघुनाथपुरस्थित लक्ष्मण ललिता कुशवाह माध्यमिक विद्यालय नजिकै खेतमा एक किशोरको शव फेला परेको छ । स्थानीय १८ वर्षीय मोहम्मद इमरान अन्सारीको शव बिहीबार बिहान धान खेतमा घोप्टो परेको अवस्थामा फेला परेको हो ।
लहान प्रहरीले अहिले शव घटनास्थलमै रहेको र घटनास्थलको प्रकृति मुचुल्का उठाउने काम भइरहेको बताए । प्रहरीले घटनाबारे थप विवरणहरू आईनपुगेको बताएको छ ।
उनी कसरी त्यहाँ पुगे र मृत्यु कारणबारे प्रहरीले खोज तलास गरिरहेको जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८१ कात्तिक २३ गते शुक्रबार











प्रतिक्रिया दिनुहोस्