Kohalpur Today Header Ads

लक्ष्मीपूजापछि झिलिमिली कोहलपुर (तस्वीरहरु)




काेहलपुर ।

तिहारको मुख्य दिन लक्ष्मीपूजा । घरघरमा धनकी देवी लक्ष्मीको पूजा गरिएको छ ।

बिहीबार साँझ हिन्दू धर्मावलम्बीहरुले आफ्नो घर, कार्यालय, उद्योग व्यवसायमा धनकी देवी लक्ष्मीको पूजा गरेका छन् ।

LIfe Ok

घर तथा कार्यालयहरुमा विभिन्न रंग राखेर आकर्षक रंगोली बनाइएको छ । लक्ष्मीको पूजापछि घरको गेट तथा मूलढोका पनि खुला राख्ने गरिन्छ ।

लक्ष्मीपूजापछि घरघरमा बालिएको बत्तीका कारण काेहलपुर उज्यालो देखिएको छ । धेरैजसो घर, कार्यालय तथा अन्य पसल तथा व्यवसाय रहेको भवनमा झिलिमिली बत्ती बालिएको छ ।

हेर्नुहोस् तस्वीरहरु

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ कात्तिक १६ गते शुक्रबार