कोहलपुर डेरी एशोसियसनद्धारा कृषि मन्त्री अधिकारीलाई ५ बुँदे ज्ञापनपत्र बुझायो




कोहलपुर ।

नेपाल सरकारका कृषि तथा पशुपंक्षी मन्त्री राम नाथ अधिकारीलाई कोहलपुर कोहलपुर डेरी एशोसियसनले ५ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

किसान महासंघ बाँकेको कार्यक्रममा कोहलपुर डेरी एशोसियसनले दुग्ध व्यवसायका दुःख पिडा र अभावलाई मन्त्रीले मनदेखि नै काम गनुपर्ने माग राख्दै मंगलबार ज्ञापन पत्र बुझाएका हुन् ।

कोहलपुर डेरी एशोसियसनले विगत लामोसमयदेखि पाउडर प्लान्टको मुद्धालाई अघि सारेको कोहलपुर डेरी एशोसियसनका नगर अध्यक्ष प्रमिला थापाले जानकारी दिइन् ।

पाउडर प्लान्टको निर्माणका लागि ज्ञापन पत्र बुझाउँदै नगर अध्यक्ष थापाले भनिन्, यहाँ बन्ने पाउडर प्लान्टले कर्णाली र सुदुरपश्चिम प्रदेशका किसानहरुलाई समेत टेवा पुग्छ ।

कर्णाली र सुदुरपश्चिम प्रदेशमा मात्र ७० हजार भन्दा बढि लिटर दुध उत्पादन हुने र सोही अनुसार खपत नहुने अवस्थामा यो पाउडर प्लान्ट निर्माण भयो भने किसानलाई सहज हुने अध्यक्ष थापाको भनाई थियो ।

ज्ञापन पत्र बुँझ्दै मन्त्री अधिकारीले भने, मंसिर भित्रै यो प्लाण्टका लागि करिब ४ करोड भन्दा बढि बजेट विनियोजन गर्ने आश्वासन दिएका छन् ।

विगतमा कोहलपुर डेरी एशोसियसनले सम्बन्धित क्षेत्रमा ध्यानकर्षण गराएको अवगत नै छ त्यसैले यो किसानको समस्या भनेको मेरो समस्या हो त्यसैले यसलाई निर्माण गर्न मंसिरमै डिपिआर प्रक्रिया संगै बजेट विनियोजन गर्ने मन्त्री अधिकारीले बताएका हुन् ।

कार्यक्रममा नेपाली काँग्रेसका बाँकेका सभापति नारायण गौडेल, षोषण केसी, नगर प्रमुख पूर्ण आचार्य, बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश शाही लगायत पालिकाका पूर्व अध्यक्ष तथा वडा सदस्यहरुको समेत उपस्थित रहेको थियो ।

प्रकाशित मिति : २०८१ कात्तिक १५ गते बिहीबार