कोहलपुर ।
बाँकेको बैजनाथमा नेपाल शिक्षक संघ बाँकेले दिपावली, छठ पर्व २०८१ र नेपाल संवत् ११४५ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल शिक्षक संघ बाँकेको आयोजना र नेपाल शिक्षक संघ बैजनाथको आतिथ्यततामा सम्पन्न कार्यक्रममा बोल्दै नेपाल शिक्षक संघका संघिय कार्यसमितिका सदस्य अर्जुन तिवारीले नेपालको शैक्षिक परिवर्तनमा नेपाल शिक्षक संघले महत्वपूर्ण भूमिका खेलेको बताउँदै शिक्षकहरुका हक र अधिकारका पक्षमा सधै शिक्षक संघ साथमा रहने प्रतिवद्धता जनाएका छन् ।
साथै उनले तत्काल संघीय शिक्षा ऐन जारी गरी सरकार र शिक्षक महासंघ बिच भएको सम्झौता तथा मागहरु पुरा हुने विश्वास व्यक्त गरेका छन् । “नेपालका सम्पूर्ण शिक्षकहरुका माग पुरा हुनेमा हामी विश्वस्त छौैं” उनले भने “संघीय शिक्षा ऐनमा दफाबार छलफल भईरहेको र छिट्टै संघीय शिक्षा ऐन जारी हुनेछ ।”
कार्यक्रममा बोल्दै नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका सदस्य बद्रीनाथ सापकोटाले शिक्षकहरु आफ्नो पेशाप्रति प्रतिवद्ध हुनु आवश्यक रहेको बताउँदै शिक्षकहरु बिच सहकार्य र समन्वयन हुन आवश्यक रहेको बताएका छन् ।
साथै उनले शिक्षकहरु माथि हुने विभिन्न खाले आक्रमणको विरुद्ध एक जुट हुन सबैलाई आह्वान समेत गरेका छन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बैजनाथका सभापति देब बहादुर केसीले विद्यार्थी अनुपात अनुसार शिक्षकको व्यवस्थापन गर्न नसक्दा शिक्षण कार्य प्रभावित भईरहेको बताएका छन् । साथै उनले शिक्षाका नीति तथा कार्यक्रमहरु तीनवटै तहका सरकारले प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै शिक्षाका समस्याहरु शिक्षकहरुले नै समाधान गर्न सक्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष ऋषि शर्माले शिक्षक संघ बाँकेले आफ्नो कार्यतालिका अनुसार विभिन्न गतिविधिहरु गरिरहेको जानकारी दिँदै शिक्षकका पक्षका संघ लडिरहने बताएका छन् ।
साथै उनले शिक्षक महासंघ गठन गरिएको, उत्प्रेरणात्मक कार्यक्रम गरिएको, शिक्षकका समस्यामा सहयोगि बनिरहेको, अनलाईन तालिम दिइएको लगायतका कार्यक्रमहरु गरिरहेको र छिट्टै प्रधानाध्यापकलाई प्राविधिक र प्रशासनिक तालिम आयोजना गर्ने बताएका छन् ।
संचय कोष, बिमा, उपदान जस्ता आधारभूत पक्षमा प्रधानाध्यापकहरुमा अन्योलता अन्त्य गर्नका लागि तालिमको आयोजना गर्न लागिएको उनले बताएका छन् । कार्यक्रममा नेपाल शिक्षक संघ बाँकेको सबै स्थानीय तहका अध्यक्ष तथा पदाधिकारी, शिक्षक संघमा आवद्ध सदस्यहरुको सहभागिता रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्