काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले माइतीघर मण्डला क्षेत्रमा विरोध प्रदर्शन गरेको छ । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले पोखरापछि शुक्रवार काठमाडौँको माइतीघर क्षेत्रमा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरु प्लेकार्डसहित उपस्थित भएका थिए । उनीहरुले भ्रष्टाचार विरोधी नाराबाजी गरेका छन् ।
प्रदर्शनकारीहरूले ‘ओइ सरकार ओइ, ८७ अर्ब खोइ ? यति ओम्नी खोइ ? नक्कली भुटानी शरणार्थी खोइ ? टीकापुर जग्गा, गिरीबन्धु खोइ ?, राजनीतिक प्रतिशोध बन्द गर, अधिनायकवाद चल्दैन’, जस्ता नारा लगाउँदै सहकारी पीडितलाई न्याय दिनुपर्ने बताएका थिए ।
रास्वपाले सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेको गिरफ्तारीलाई ‘राजनीतिक प्रतिशोध’ भनेको छ । माइतीघरमा भेला भएका रास्वपाका कार्यकर्ताहरू बिजुली बजारसम्म पुगेर प्रदर्शन गरेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्