कोहलपुर ।
कोहलपुर नगरपालिकाको बजार अनुगमन समितिले मुल्य उल्लेख नभएको सामान विक्रि नगर्ने निर्देशन दिएको छ ।
मंगलबार कोहलपुरको कृषि बजार क्षेत्रमा बजार अनुगमनका क्रममा अनुगमन समितिले मुल्य उल्लेख नभएको सामान विक्रि नगर्ने निर्देशन दिएको छ ।
कोहलपुर ११ मा रहेको जनविश्वास बहुमुखी सहकारी एग्रोमार्टमा खुद्रा विक्रि मुल्य उल्लेख नभएको सामान खरिद विक्रि नगर्ने निर्देशन दिएको बजार अनुगमन टोलीका संयोजक अग्नी प्रसाद आचार्यले जानकारी दिए ।
कोहलपुर कृषि बजार व्यवस्थापन समितिको माताहतमा रहेका विभिन्न माछा पसल, जनविश्वास बहुमुखी सहकारी एग्रोमार्ट र ए.पी सप्लायर्समा अनुगमन गरेको थियो ।
आचार्यका अनुसार कृषि हाट बजार भित्र रहेका माछा पसल कुनै निकायमा दर्ता नभएको भन्दै अबको एक हप्ता भित्र नगरपालिका आएर दर्ता गर्ने निर्देशन दिएको बताए ।
यस्तै कोहलपुर कृषि बजार व्यवस्थापन समिति समेत नगरपालिकामा दर्ता नभएकोले दर्ता गर्न निर्देशन दिएको र ए.पी सप्लायर्समा नापतौल प्रमाण पत्र नभएको, पसल फोहोर भएको र खाद्यान्नमा समेत मिसावट पाइएको टालीका संयोजक आचार्यले जानकारी दिए ।
कृषि बजार व्यवस्थापन समिति माताहत रहेको विभिन्न तराजुहरुको नापतौल विभागले स्टिकर टाँस्ने काम हुने भएकोले सो स्टिकर टाँस्नुपर्ने उनको थियो ।
अनुगममा कोहलपुर नगरपालिका कृषि शाखाका प्रमुख चन्द्र बहादुर बुढा, पशु शाखाका प्रमुख गोविन्द रोकाय, पत्रकार हुमरी भट्टराई, डिल्ली शाही, रविन्द्र सिंह ठकुरी लगायतको उपस्थित रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्