Kohalpur Today Header Ads

पाकिस्तानको आवासीय राजदूतमा धिताल नियुक्त




काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलले रीता धिताललाई मंगलबार इस्लामिक गणतन्त्र पाकिस्तानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा धिताललाई राष्ट्रपति पौडेलले आवासीय राजदूतमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ उपधारा (१) बमोजिम आवासीय राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्त प्रसाद पन्थीले जानकारी दिए ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok
काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ असोज २२ गते मंगलबार