नेपालगन्ज ।
नेपाली कांग्रेस बाँकेले बडा दशैं, दिपावली, छठ तथा नेपाल सम्वत ११४५ को अवसरमा पत्रकार भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति गौडेलले नियमित रुपमा पत्रकारहरुसँगको भेटघाटलाई निरन्तरता दिदै आएकोमा नजिकिदै गरेका चाडपर्वको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम पनि राखिएको बताए । उक्त कार्यक्रममा कांग्रेस बाँकेका कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष निरज गौतम, पत्रकारका विभिन्न संघ संगठनका अध्यक्ष, विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रम सञ्चालन पार्टीका प्रवक्ता डिल्ली गिरीले गरेका थिए । सोही कार्यक्रममा कांग्रेस बाँकेका सभापति गौडेलले सामुदायिक रेडियो प्रसारक संघ(अकोराव) नेपालमा हालै निर्वाचित केन्द्रिय कोषाध्यक्ष तुला अधिकारी, केन्द्रिय सदस्यद्धय मोहम्मद आरिफ अन्सारी र हेमन्त बिकलाई सम्मान गरेका थिए । गत भदौं २८ र २९ गते ललितपुरमा सम्पन्न भएको महाधिवेशनबाट बाँकेका तीन जना निर्विरोध निर्वाचित भएका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्