कोहलपुर ।
राप्तीसोनारी ८ बालापुरमा आज बिहीबारदेखि १५ मुनिका खेलाडीहरुको सहभागितामा (अन्डर फिफ्टिन फुटबल प्रतियोगिता ) सुरु भएको छ ।
समाज सुधार एन्ड रोयल स्पोर्ट्स क्लब बालापुरको आयोजनामा सुरु भएको प्रतियोगितामा राप्तीसोनारीका १० वटा टिमहरुको सहभागिता रहेको छ! खेलको समाजसेवी मोहन गौतमले उदघाटन गरेका थिए ।
क्लबका अध्यक्ष विकास कुसारीको सभापतित्वमा भएको खेलको उदघाटन सत्रमा जनशक्ति मावी बालापुरका शिक्षक तिमोथी ताम्राकार ,खल बहादुर खत्री,बल बहादुर खत्री लगायतको सहभागीता रहेको थियो ।
प्रतियोगितामा उत्कृष्ट स्थान प्राप्त गर्नेलाइ नगद तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्