Kohalpur Today Header Ads

कृष्ण माविका शिक्षक, कर्मचारीलाई शैक्षिक सामग्री हस्तान्तरण




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका १ मा रहेको कृष्ण माध्यमिक विद्यालयका शिक्षक, कर्मचारीलाई शैक्षिक सामग्री (पाठ्यक्रम, शिक्षक निर्देशिका, सन्दर्श सामग्री) हस्तान्तरण गरेका छन् ।

बुधबार कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद अचार्य, सामाजिक विकास समितिका संयोजक ईश्वरी विश्वकर्मा, वडा नं. १ का वडा अध्यक्ष बद्रिप्रसाद जैसी, विव्यस अध्यक्ष अमर बहादुर चन्दले विद्यालयका शिक्षक, कर्मचारीलाई शैक्षिक सामग्री (पाठ्यक्रम, शिक्षक निर्देशिका, सन्दर्श सामग्री) हस्तान्तरण गरेका हुन् ।

LIfe Ok

कृष्ण माध्यमिक विद्यालयको पहिचान र उनीहरुको आत्मबल बढाउनका लागि कृष्ण मावि लेखेको झोला, डायरी लगायत शैक्षिक सामग्रीहरु समेत हस्तान्तरण गरेका हुन् भने कक्षाका मोनिटरहरुलाई समेत कापी र कलम हस्तान्तरण गरेका हुन् ।

कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले कृष्ण माविको सडकको पूर्वपट्टी (६—११) पश्चिमपट्टी (१—५) भएकोले विद्यार्थी र शिक्षकलाई वारपार गर्न असहज भएकोेले पूर्वपट्टी नै भौतिक पूर्वाधार थप गरी एउटै स्थानमा अध्ययन गराउने वातावरण तयार गर्ने प्रतिबद्धता व्यक्त गरे ।


‘कोहलपुर नगरपालिकामा कृष्ण मावि, राम मावि, त्रिभुवन मावि र ज्ञानज्योति मावि मुख्य सडकखण्डमा रहेका छन्, उनले भने, ‘यि विद्यालयमा व्यवसायीक सटर निमार्ण भयो भने थप आम्दानीको स्रोत राम्रो हुने सहज हुनेछ ।’ कोहलपुरका ४ वटा माविलाई सटरको व्यवस्थापन गरी आम्दानीको स्रोतको व्यवस्थापन गरियो भने सधै संघ, प्रदेश र स्थानिय तहलाई गुहार्नु नपर्ने उनको भनाई थियो ।

लगानी विनाको फल नमिठो हुन्छ भन्ने सामुदायिक विद्यालयमा देखिन्छ, अभिभावकले लगानी लगाएको, अपनत्व लिएको विद्यालय अति राम्रो र प्रभावकारी छन् त्यसैले अभिभावकहरुलाई लगानीको वातारण मिलाउन आग्रह गर्दै सहित २०८१ सालको शुभकामना समेत आदानप्रदान गरेका थिए ।

यस्तै कोहलपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष बद्रिप्रसाद जैसीले आफू पूर्व विव्यस अध्यक्ष भएकोले आफ्नो सहयोग र समन्वय कहाँ के पर्छ ? त्यसमा पूर्ण रुपमा समर्थन गर्र्दै कृष्ण माविको शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि तत्पर लागि पर्ने उनको प्रतिबद्धता व्यक्त गर्दै सहित २०८१ सालको शुभकामना समेत आदानप्रदान गरेका थिए ।

यस्तै विद्यालयका प्रअ दिलीप वलीले शिक्षक कर्मचारीलाई थप एक्टिभ बनाउन शैक्षिक सामग्री हस्तान्तरण गरेको बताए । कोहलपुर नगरपालिकामा आफ्ना शिक्षक र कर्मचारीलाई झोला र शैक्षिक सामग्री हस्तान्तरण गरेको पहिलो विद्यालय भएको वलीले बताए ।

उनले संघ, प्रदेश र स्थानिय तहमा आर्थिक रुपमा बजेट व्यवस्थापन, भौतिक पूर्वाधार लगायत अन्य क्षेत्रमा समेत समन्वय सहकार्य गर्नुहुन सबैलाई धन्यवाद सहित २०८१ सालको शुभकामना समेत आदानप्रदान गरेका थिए ।

कार्यक्रम विद्यालयका सहायक प्रअ विरेन्द्र कुमार मल्लले सञ्चालन गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ असोज १७ गते बिहीबार