बजार अनुगमन : डल्फिन फुड प्रोड्रक्सन, वाण्डरल्याण्ड र किराना पसललाई ८० हजार जरिवाना




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ७ मा रहेको डल्फिन फुड प्रोड्रक्सन, वाण्डरल्याण्ड र किराना पसललाई ८० हजार जरिवाना गरेको छ ।

मंगलबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र कोहलपुर नगरपालिकाको संयुक्त टोलि उपभोक्ता माथि खेलवाड गरेको भन्दै डल्फिन फुड प्रोड्रक्सनलाई ५० हजार, वाण्डरल्याण्ड एण्ड रेष्टुरेण्टलाई २० हजार र बिनोद किराना पसललाई १० हजार गरी ८० हजार जरिवाना गरेको हो ।

अनुगमन टोलिले डल्फिन फुड प्रोड्रक्सनमा उत्पादन मिति नभएको, मुल्य सूची नभएको र अन्य कुनै पनि लेबल नभएको प्रोड्रक्ट्रहरु भेटाएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ट) बमोजिम कसुर गरेको भएकोले ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (घ) बमोजिम उनलाई ५० हजार कारवाही गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख हरि बहादुर खत्रीले जानकारी दिए ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख हरि बहादुर खत्रीले बजारमा म्याद ग्रुजेको समान, उत्पादन मिति, मूल्य सूची नभएको सामान भेटिएमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयमा जानकारी दिन उपभोक्तालाई अनुरोध गरेका छन् ।

खत्रीका अनुसार हिन्दुहरुको महान चार्डपर्वमा अखाद्य बस्तु, कृतिम अभाव, म्याद ग्रुजेका खाद्य बस्तु बजारमा रहेको भन्ने जनगुनासो आएपछि अनुगमन गरेका हौं ।

उनका अनुसार विभिन्न उद्योग, फर्म र कम्पनीलाई कारवाही गरी ८० हजारसम्म जरिवाना गरेका छौं । वाडरल्याण्ड रेष्टुरेन्ट एण्ड बारलाई २० हजार, डल्फिन प्रोड्रक्सनलाई ५० हजार, र विनोद किराना पसललाई १० हजार गरी ८० हजारसम्म कारवाही गरेको उनको भनाई थियो ।

अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयकाबाट डम्बर बहादुर बुढा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयकाबाट एकराज बुढाथोकी, प्रतिक्षा पंडित, कोहलपुर नगरपालिकाबाट अग्नी प्रसाद आचार्य, पत्रकार डिल्ली शाही, रविन्द्र सिंह ठकुरी रहेका थिए ।

भिडियाे पनि हेर्नुहाेस् ।

प्रकाशित मिति : २०८१ असोज १५ गते मंगलबार