Kohalpur Today Header Ads

बाढीपहिरोले सडक यातायात बन्द भएपछि हवाई उडानमा यात्रुको चाप




काठमाडौँ ।

त्रिभुवन विमानस्थलबाट दैनिक साढे पाँचसय उडान हुन थालेका छन्। सडक यातायात अवरुद्ध भएको र मुख्य चाडपर्वसमेत सुरु भएपछि हवाई यातायातको चाँप बढेको हो।

सोमबार त्रिभुवन विमानस्थलबाट ५५९ उडान तथा अवरण भएका छन्। विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाकाअनुसार आन्तरिक उडान २२७ र अवतरण २२१ भएका छन्। यसमा हेलिकप्टरको उडान तथा अवरणसमेत समावेश छ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

अन्तर्राष्ट्रिय तर्फ ५५ वटा बाहिर जाँदा ५६ जहाजले त्रिभुवन विमानस्थलमा अवरण गरेका छन्।

ठूलो वर्षातपछि आएको बाढी पहिरोले असोज ११ देखि सडक यातायात बन्द छ। मौसममा आएको प्रतिकूलताको कारण करिब ३ दिन आन्तरिक उडान सहज रुपमा चलेको थिए।

त्यसले पनि आइतबार र सोमबार आन्तरिक उडानमा चाँप बढेको छ। मंगलबारसमेत सोमबार जत्तिकै उडान तालिका रहेको विमानस्थल कार्यालयले जनाएको छ।

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ असोज १५ गते मंगलबार