कोहलपुर ।
बैजनाथ गाउँपालिकाले ५० प्रतिशत अनुदानमा गहुँको विउ माग गर्न किसानहरुलाई अनुरोध गरेको छ ।
असोज ६ गते सूचना जारी गरी ५० प्रतिशत अनुदानमा गहुँको विउ माग गर्न अनुरोध गरेको कृषि विकास शाखाका प्रमुख प्रमोद कुमार विश्वकर्माले जानकारी दिए ।
पालिका अध्यक्ष प्रकाश बहादुर शाहीका अनुसार पालिकामा किसानहरुलाई केही राहत होस् भन्ने ध्येयका साथ गहुँको विउ वितरण गर्ने योजनाका काम गरेको बताए । वडाकार्यालयबाट सिफारिस लिँई गाउँपालिकामा आउनुहुन अध्यक्ष शाहीले जानकारी दिएका छन् ।
यस्तो छ सूचना हेर्नुहोस् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्