Kohalpur Today Header Ads

सार्वजनिक शिक्षा सुधारका ‘स’ सुत्र प्रयोग गर्दै कोहलपुर




कोहलपुर ।

सार्वजनिक शिक्षा सुधारका लागि ‘स’ सुत्र प्रयोग गरी बाँकेको कोहलपुर नगरपालिका अगाडी बढेको छ । कोहलपुर नगरपालिकाले आइतबार नियमित प्रअ बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै सार्वजनिक शिक्षा सुधारका ‘स’ सुत्र प्रयोग गरी अगाडी बढ्ने भएको हो ।

LIfe Ok

नियमित प्रअ बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रममा सामाजिक विकास समितिका संयोजक इश्वरी प्रसाद विश्वकर्माको सभाअध्यक्षतामा भएको कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख आचार्यले सरात्मक चिन्तनलाई उजागरण गर्दै नयाँ योजना सहित अगाडी बढेको बताए । विद्यालयले गरेका सरात्मक चिन्तन, संस्कार, सहभागिता, सिकाई सामग्री र शौचालय लगायत अन्य विविध विषयमा आगामी दिनहरुमा राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने र गलत गर्नेलाई दण्डित गर्ने योजना सहित सबै लाग्न सामुदायिक विद्यालयका प्रअहरुलाई आग्रह गरे ।

यस्तै कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले शिक्षा सुधार गर्नका लागि नविनतम योजनालाई कार्यान्वयन गर्न प्रअहरुलाई आग्रह गरिन् । कोहलपुरमा गुणस्तरीय र प्रभावकारी शिक्षा प्रदान गर्न र अन्य पालिकाहरुमा समेत कोहलपुरको सिको गर्ने गरी काम गर्न प्रअहरुलाई उपप्रमुख सुवेदीले निर्देशन समेत दिएकी थिइन् ।

यस्तै कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर गिरीले शिक्षा क्षेत्रका करिब १५ वर्ष, विद्यालय निरिक्षकमा ४ वर्ष र ४ वर्ष निजामती सेवामा काम गरेको अनुभव कोहलपुरमा दृढका साथ भएर लाग्ने बताए ।

शिक्षाका कार्यक्रममा बढि सहभागिता हुने र शिक्षा प्राप्त भएपछि मात्र विकास र समृद्धि हुने उनको भनाई थियो । गिरिका अनुसार नगर प्रमुख, उपप्रमुख र वडाअध्यक्ष लगायत कार्यपालिकाबाट निर्णयहरुलाई पूर्ण रुपमा अक्षरस कार्यान्वयन गर्न उनले प्रतिवद्धता व्यक्त गरेका थिए ।

यस्तै कार्यक्रममा कोहलपुर नगरपालिकामा रहेका ३० वटा सामुदायिक विद्यालयका सबै प्रअहरुको सहभागिता रहेको थियो । कोहलपुर नगरपालिकाले चालू आवमा मात्र करिब ३५ करोड ४६ लाख ६ हजार रुपैया (सशर्त र निशर्त) विनियोजित बजेट तथा कार्यक्रमहरु रहेका छन् ।

कोहलपुर नगरपालिकाका १ मा रहेको कृष्ण मावि र शिवशक्ति नमूना आधारभूत विद्यालयले गरेका सकारात्मक प्रयासहरुका बारेमा चर्चा गर्दै अगामी दिनहरुमा समेत के कस्ता कार्यक्रम गर्न सकिन्छ जस्ता कार्यक्रमहरु समेत सार्वजनिक गरेका थिए ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ असोज १४ गते सोमबार