Kohalpur Today Header Ads

माओवादी एसिया संगठनद्वारा बाढी पीडितलाई ५ लाख सहयोग




काठमाडौँ ।

नेकपा माओवादी केन्द्र एसिया संगठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।

समितिका इञ्चार्ज पम्फा भुसाल र सहइञ्चार्ज ओम शर्मा ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पाँच लाख रुपैयाँको चेक अध्यक्ष हस्तान्तरण गरेका हुन् ।

LIfe Ok

सो अवसरमा प्रवास समन्वय समितिको कार्यालयका मुख्य सचिव टिबी पाठकको पनि उपस्थिति रहेको थियो । चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले एसिया संगठन समितिलाई सहयोगका लागि धन्यवाद दिएका छन् ।

बाढीपहिरोको पछिल्लो घटनालगत्तै पार्टीले पहल लिएर देशब्यापीरुपमा उद्धार र पुनर्स्थापनामा कार्यकर्ता परिचालन गरिएको जानकारी दिंदै अध्यक्ष प्रचण्डले प्रवासको पार्टी कमिटीले पनि योगदान गरेकोमा प्रशंसा गरे ।

त्यसक्रममा उनले मानवीय विपदको मिलेर सामना गर्नुपर्ने उल्लेख गर्दै पीडित जनताको पीडा र दुःखसँग हातेमालो गर्न पनि सबै नेता कार्यकर्ताहरुलाई आग्रह गरे । बिहीबारदेखि परेको अविरल वर्षासँगैको बाढी पहिरोमा १४८ जनाको मृत्यु भइसकेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ असोज १३ गते आइतबार