Kohalpur Today Header Ads

उवासंघको चुनाव : प्रगतिशील व्यवसायिक समूहको उम्मेदवार घोषणा




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा रहेको कोहलपुर उद्योग वाणिज्य संघको आसन्नत निर्वाचनका लागि प्रगतिशील समुहले उम्मेदवारी घोषणा गरेको छ ।

शुक्रबार एक औपचारिक कार्यक्रम गरी प्रगतिशील समुहले उम्मेदवारी घोषणा गरेको हो । उक्त समुहले अञ्जना धिताललाई अध्यक्ष पदमा अगाडि सारेको छ ।

LIfe Ok

एक कार्यक्रमका बीच समुहले अध्यक्षमा अञ्जना धिताल सहित १९ जना उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो । सो समुहबाट बरिष्ठ उपाध्यक्षमा भुपेन्द्र काफ्ले, उद्योग तर्फको उपाध्यक्षमा अर्जुन सुवेदी, वस्तुगत उपाध्यक्षमा रूपक भुजेल, महासचिवमा दीपक अर्याल, उप-महासचिवमा गोपाल अधिकारी, कोषाध्यक्षमा गंगा बगाले र सह–कोषाध्यक्षमा टंक खनाल रहेका छन् ।

त्यसैगरी सदस्यहरूमा कृष्ण रानाभाट, रबि प्रसाद कर्माचार्य, मोतिप्रसाद सुवेदी, भवानी कडेँल, अस्मिता केसी, विक्की थापा, परिर्वतन विश्वकर्मा, राजिव शर्मा, प्रतिभा खड्का, अंकित सिग्देल र एक बहादुर खड्काको उम्मेदवारी घोषण गरेको हो ।

उम्मेदवारहरूको नाम सार्वजनिक गर्दै नेपाल उद्योग तथा व्यवसायी महासंघका कोहलपुर नगरअध्यक्ष ज्ञानेन्द्र खनालले धिताल नेतृत्वको टिम कोहलपुर क्षेत्रका व्यवसायीका समस्या समाधान गर्न सक्षम रहेको दाबी गरे ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ असोज ११ गते शुक्रबार