अमेरिकामा फेरि हिन्दु मन्दिरमा तोडफोड




अमेरिकामा फेरि हिन्दु मन्दिरमा तोडफोड भएको छ । न्यूयोर्कमा रहेको हिन्दु मन्दिरमा आक्रमण भएको १० दिन पनि बितेको छैन । अहिले फेरि क्यालिफोर्नियाको साक्रामेन्टोमा रहेको बीएपीएस स्वामीनारायण मन्दिरलाई निशाना बनाइएको छ । मन्दिर बाहिर बोर्डमा हिन्दु विरोधी टिप्पणी लेखिएको छ ।

साक्रामेन्टो काउन्टीका पुलिस अधिकारीहरूले घृणा फैलाउने अपराधबारे अनुसन्धान गरिरहेको बताएका छन् । बीएपीएस श्री स्वामीनारायण मन्दिर रान्चो कर्डाेभा क्षेत्रको आर्मस्ट्रङ एभिन्यूमा रहेको छ । यो स्याक्रामेन्टो माथेर विमानस्थलको उत्तरमा रहेको छ ।

पार्किङको अगाडिको साइन बोर्डमा भारत सरकारको नाममा टिप्पणी लेखेको थियो । आक्रमणकारीहरूले मन्दिरसँग जोडिएको पानीको लाइन पनि काटेको बताइएको छ । भारतीय प्रधानमन्त्री मोदी अमेरिका भ्रमण सकेर भारत फर्किएकै समयमा यी हमला भएका हुन् ।

अमेरिका र क्यानडाका हिन्दु मन्दिरहरूमा यसअघि पनि खालिस्तान समर्थकहरूले यस्ता हमला गरिसकेका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ असोज १० गते बिहीबार