कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकाले नियमित बजार अनुगमन सुरु गरेको छ । बुधबारदेखि कोहलपुर १० रामनगरबाट नियमित बजार अनुगमन सुरु गरेको हो ।
कोहलपुर नगरपालिकाको बजार अनुगमन समितिले हरेक महिनामा अनुगमन गर्दै आएको र अब फेरी सशस्त रुपमा बजार अनुगमनलाई लिएरका अगाडी जानका लागि कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीको संयोजकत्वमा बजार अनुगमन टोली गठन समेत भएको छ ।
बजार अुनगमन टोलीका संयोजक अग्नी प्रसाद आचार्यले किराना पसल, व्यवसाय, विक्रि स्थल, गोदाम, उद्योग लगायतमा अनुगमन निरिक्षणमा १६ वटा बुँदाहरु समेटिएको विवरण भए नभएको बारेमा जानकारी लिने बताए । सोही अनुसार नभएको खण्डमा कारवाहीको लागि नगरपालिकामा पेश गर्ने टोलीका संयोजक आचार्यले बताए ।
कोहलपुर नगरपालिकामा दर्ता नभएको, दर्ता भएपनि नविकरण नभएको र साइन बोर्ड नभएको, मुल्य सूची नराखिएको, लेबल नभएको, नाप तौलको प्रमाण लगायत नभएको भेटिएको छ ।
बुधबार कोहलपुरका कुशल बेकरी उद्योग, केसी दुध डेरी तथा किराना पसल, दुर्गा पाउरोटी उद्योग, शिव शंकर ट्रेर्डस, गोमा किराना तथा ग्यास पसल लगायत अन्य किराना पसलहरुमा समेत अनुगमन गरिएको बजार अनुगमन टोलीका संयोजक अग्नी प्रसाद आचार्यले जानकारी दिए ।
अनुगमनका क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट प्रतिक्षा पंडित, नेपाल पत्रकार महासंघबाट डिल्ली शाही, नगर प्रहरी कर्ण बहादुर चन्द समेत सहभागिता भएको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्