कोहलपुरमा आफ्नै छोराले बुवालाई पिर्काले हानेर हत्या




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ८ पिपरीमा आफ्नै छोराले बुवालाई पिर्काले हानेर हत्या गरेको छ । असोज २ गते करिब साढे १२ बजे बावु र छोराको झगडा परेपछि आफ्नै छोराले बुवालाई पिर्काले हानेर हत्या गरेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीका अनुसार कोहलपुर नगरपालिका ८ पिपरीका ७० वर्षका नैन सिंह क्षेत्रीलाई उनका छोरा दिप बहादुर क्षेत्रीले पिर्काले हानेर हत्या गरेको बताए ।

प्रारम्भिक अनुसन्धानका अनुसार राती दुवै जनाले रक्सी खाएको र केही समयपछि झगडा भएको देखिन्छ । सोही समयमा छोराले बुवालाई पिर्काले हानेर दाहिने हातको नाडी, बाँया आँखामा र बाँया खुट्टाको घुँडा मुनी चोट लागि अवस्थामा नेपालगञ्ज मेडिकल कलेजमा उपचार गराउन लगेका थिए ।

उपचारको क्रममा असोज ३ गते करिब साँझ साढे ५ बजेको समयमा घाइते नैन सिंहलाई नेपालगञ्ज मेडिकल कलेजले मृत्यु घोषणा गरेको इप्रका प्रमुख डिएसपी भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार उनका छोरा दिप बहादुर क्षेत्रीलाई आवश्यक अनुसन्धानका लागि इप्रका कोहलपुरमा ल्याएपछि उनले आफूले हानेर हत्या गरेको स्वीकारेको बताए ।

आइतबार(आज) मृतक नैन सिंह क्षेत्रीको शव पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्जमा पठाइएको र पोष्टमार्टम पछि उनका छोरालाई टेक प्रसाद क्षेत्रीलाई बुझाएको इप्रका प्रमुख डिएसपी भण्डारीले जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ असोज ७ गते सोमबार