Kohalpur Today Header Ads

कोहलपुरमा १०औं संविधान दिवस मनाइयो




काेहलपुर ।

पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको रचना वाचन विभागको आयोजनामा १० औं संविधान दिवस रचना वाचन र दीप प्रज्वलनसहित भव्य रूपलमा मनाइएको छ ।

कोहलपुर चौराहामा सन्चालित कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य महानन्द ढकालले बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त नेपालको संविधान २०७२ ले मौलिक हकको सुनिश्चित गर्दै स्थानीयतहसम्म भाषा, साहित्य, कला र संगीतको संरक्षण र संवर्दनका लागि योगदान पुराउदै आएको बताए ।

LIfe Ok

प्राज्ञ ढकालले नेपालको संविधान २०७२ महिला, दलित, आदिवासी जनजाति, थारू र मुस्लिम लगायत पिछडिएका जाति तथा वर्गको हितमा केन्द्रित रहेको बताउनदै संविधानले बोल्ने र लेख्ने अधिकार सुनिश्चित गरेकोले लेखक तथा साहित्यकारहरूले सामाजिक विकृति तथा विसङ्गति विरुद्ध निरन्तर कलम चलाउनुपर्ने बताए ।

कार्यक्रममा साहित्यकार उपप्ध्यापक डा विष्णु केसी ले नेपालको संविधान नेपाली जनतामा समर्पित रहेकोले यो संविधान संरक्षण गर्नु सबै नेपालीको कर्तव्य भएको बताए ।

कार्यक्रमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्कर रिजालले नेपालको संविधानमा समावेश गरिएका कतिपय सुन्दर पक्षहरू अझै पनि सदुपयोग हुन सकेका छैनन् । कलमजीवीहरूले संविधानले दिएको हकको सदुपयोग गर्न रगराउन सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रमका केशव निमेष, प्रकाश मरासिनी, शान्ति अधिकारी, नमिता बराल, प्रकाश मरासिनी, प्रकाश क्षितिज, भुपेन्द्र सुवेदी, विपिन सिङ, कृष्ण शाही, चन्द्रावती अधिकारी लगायत एक दर्जन बढी साहित्यकारहरूले रचना वाचन गरेको कार्यक्रममा साहित्यकार सागर गैरे, दामोदर पौडेल, चेतकान्त भट्टराई , सालिकराम लम्साल, कर्ण बहादुर थापा , सनत सापकोटा र पत्रकार डिल्ली शाही लगायतको उपस्थिति थियो ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ असोज ३ गते बिहीबार