डुडुवा गाउँपालिकामा हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता सम्पन्न




गम बहादुर डाँगर, डुडुवा ।

राष्ट्रिय साक्षरता दिवस तथा संविधान दिवसको पूर्व सन्ध्यामा डुडुवा गाउँपालिकाको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

डुडुवा गाउँपालिका शिक्षा शाखा प्रमुख सञ्जय कर्णको सभाध्यक्षतामा भएको कार्यक्रममा डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरी प्रमुख आथित्यतामा हाजिरी जवाफ प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो ।

वक्तृत्वकला प्रतियोगितामा फ्लोरिड एकेडेमी प्रथम, शहिद स्मारक मावि कम्दी द्वितीय, ज्ञानदिप मावि डलैपुर तृतियष र सान्त्वना पशुपति माध्यमिक विद्यालय नौरीगौढी  भएका छन् ।

हाजिरजवाफ प्रतियोगितामा सरस्वती मावि प्रथम, पशुपति मावि नौरीगौढी  द्वितीय, फ्लोरिड एकेडेमी तृतीय र ज्ञानद्वीप मावि सान्त्वना भएका छन् ।

डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बाँके जिल्लामै स्वास्थयमा अग्रणी स्थानमा रहेकाे र शिक्षामा समेत अग्रस्थानमा  पु¥याउन र लगानी बढाउने जस्ता कार्यक्रमहरू प्रस्तुत गर्न आग्रह गरे ।

त्यस्तै संस्कार सहितको शिक्षा प्रदान गर्ने विद्यार्थीको अनुशासनमा जोड दिन शिक्षक कर्मचारीलाई निर्देशन दिए ।

यस्तै कार्यक्रममा उपाध्यक्ष साहिदा बानो तथा अतिथि डुडुवा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष पटेश्वर प्रसाद कुर्मी साथै डुडुवा गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयका प्रअ कार्यक्रममा उपस्थित रहेका थिए ।

हाजिर जवाफ प्रतियोगितामा आधारभूत तहको १४ विद्यालय सहभागी र वक्तृत्वकला माध्यमिक तह ९-१२ जम्मा ८ वटा विद्यालय सहभागी भएको थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ असोज ३ गते बिहीबार