बैजापुर, बाँके ।
बाँकेका राप्तीसोनारी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
बुधबार बेलुका करिब ५ बजेको समयमा राप्तीसोनारी-४ लठ्ठापुर स्थित नेपालगंज अगैया हुलाकी सड्क खण्डमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको भे १२ प ३१९५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको भे १२ प ४८२८ नम्बरको मोटरसाएकल ठोकिँदा २ जनाको मुत्यु भएको इलाका प्रहरी कार्यालय बैजापुरले जनाएको छ ।
मृत्यु हुनेमा भे १२ प ३१९५ नम्बरका मोटरसाइकल चालक रामशरण थारु र भे १२ प ४८२८ का मोटरसाइकल चालक बसन्त थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय बैजापुर प्रहरी नायव निरिक्षक भद्रसिंह वलीले जानकारी दिए ।
वलीका अनुसार थप तीन जना घाइतेहरुलाई नसिङ्ग होम नेपालगञ्जमा उपचार भइरहेको जनाएका छन् भने घाइते हुनेहरुमा अजय थारु, संगिन थारु र संजय थारु रहेका छन् ।
तीन वटै घाइतेहरुको मुख र हातमा चोट लागेको छ भने अवस्था सिरियस रहेको इलाका प्रहरी कार्यालय बैजापुर प्रहरी नायव निरिक्षक वलीले जानकारी दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्