Kohalpur Today Header Ads

यो वर्ष एसईईको नतिजा २२ प्रतिशतले सुधार गर्छौँ : प्रधानमन्त्री ओली




काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाको क्षेत्रमा पछाडि परेको बताएका छन्। राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालीहरू शिक्षा क्षेत्रमा पछाडि परेको बताएका हुन।

हामी शिक्षा पछाडि परेका छौ। सीपमा पछाडि परेका छौ। खोज अनुसन्धानमा पछाडि परेका छौ। यसमा हामीले विशेष काम गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने।

LIfe Ok

एसईईमा रहेको कमजोर नतिजा यो वर्ष नै करिब ७० प्रतिशतमा पुर्याउनेगरी काम भइरहेको बताए। ४८ प्रतिशतमा रहेको एसईईको पासदर यो वर्ष नै बढाएर ७० प्रतिशत पुर्याउनेगरी सरकारले काम थालेको बताए।

हुन त केही विद्वान मित्रहरूले भन्ने गरेका पनि छन्। तर हामी अनलाइन कक्षा चलाएर यो वर्ष नै २२ प्रतिशत नतिजा सुधार गर्छौँ । हामीले त्यस्तो भनिरहँदा विद्वान मित्रहरू विरोध गर्न थालेका छन्। हुन त उहाँहरूको कामै त्यही हो। हामी यही वर्ष नै २२ प्रतिशत सुधार गर्नेतिर लागेका छौ,’ प्रधानमन्त्री ओलीले भने।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ असोज २ गते बुधबार