कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका १० मा रहेको यूरो स्कुल कोहलपुरले बालश्रमलाई कपडा र स्टेशनी सामग्री हस्तान्तरण गरेको छ ।
शुक्रबार यूरो स्कुल कोहलपुरका बालबालिकाहरुले बैजनाथ गाउँपालिका वडा नं ३ मा रहेको ‘सभ्यताको घर’ बालआश्रमलाई कपडा र स्टेशनी सामग्री हस्तान्तरण गरेको हो ।
यूरो राष्ट्रिय निजि तथा आवासीय विधालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) को लुम्बनी प्रदेश सह-कोषाध्यक्ष तथा युरो स्कुल कोहलपुरका संस्थापक तथा निर्देशक शैक्षिक अभियान्ता कमल पछाई, सह प्रध्यापक जेम्स मुर्म सहित शिक्षिका पवित्रा विष्टको नेतृत्वमा ५० जोर कपडा र स्टेशनरी सामग्रीहरु सभ्यताको घर बालआश्रमका अध्यक्ष गणेश विष्टलाई हस्तान्तरण गरेका थिए ।

यूरो स्कुलका सह प्रध्यापक जेम्स मुर्मले कक्षा ३ देखि ६ कक्षा सम्मका बालबालिकालाई सानैदेखि सहयोगी भावना जगाउनका लागि यो अभियानमा सहभागि गराएको बताए ।
बालबालिकाहरुलाई अरुलाई सहयोग गर्नुपर्छ र ठुलालाई आदर र सानालाई माया गर्नुपर्छ भन्ने उदारण दिँदै यो काममा सरिक भएको उनको भनाई थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्