Kohalpur Today Header Ads

शिवशक्ति आधारभूत नमूना विद्यालयमा ६०औं बालदिवसको अवसरमा विद्यार्थी र अभिभावक सम्मान




कोहलपुर ।

कोहलपुर नगरपालिका २ मा रहेको शिवशक्ति आधारभूत नमूना विद्यालयले ६०औं बालदिवसको अवसरमा विद्यार्थी र अभिभावक सम्मान गरेको छ ।

शनिबार ६०औं बालदिवसको अवसरमा शिक्षक अभिभावक संघकी अध्यक्ष उर्मिला थारुको सभापतित्वमा भएको कार्यक्रममा कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद विश्वकर्माको प्रमुख अतिथ्यतामा विद्यार्थी र अभिभावक सम्मान गरिएको हो ।

LIfe Ok

कार्यक्रममा अभिभावक लिला डाँगी प्रेम नगर, राम कुमारी थारु लोकनगर, सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक बद्रिनाथ सापकोटाले जानकारी दिए । उनका अनुसार गत वर्षका कक्षा १ देखि ८ कक्षाका उत्कृष्ट प्रथम, द्धितीय, तृतीय र सान्तवना विद्यार्तीहरुलाई सम्मान गरिएको बताए ।

कार्यक्रममा कोहलपुर नगर शिक्षा शाखाका प्रमुख राम बहादुर हमाल, कोहलपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष हरि कठायत, विव्यस अध्यक्ष विरेन्द्र कुमार बस्नेत लगायतले आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा विद्यालयका प्रअ बद्रिनाथ सापकोटाले विद्यालयको १ करोड ७ लाख ९४ हजार ५ सय ७ रकमको आयव्यय सार्वजनिक गरेका थिए भने सामाजिक लेखा परिक्षण समेत प्रस्तुत भएको थियो ।

कार्यक्रममा विद्यालयमा शिक्षक, कर्मचारी, विद्यार्थी लगायत उल्लेख्य अभिभावकको समेत उपस्थित रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ भदौ २९ गते शनिबार