Kohalpur Today Header Ads

बाँके ट्रक तथा मिनी ट्रक व्यवसायी संघ अध्यक्षमा डिल्ली




कोहलपुर ।

बाँके ट्रक तथा मिनी ट्रक यातायात व्यवसायी संघ प्रधान कार्यालय कोहलपुरले विशेष अधिवेशनबाट अध्यक्षमा डिल्ली बहादुर सिंह चयन भएका छन् ।

शनिबार कार्यक्रममा संघका अध्यक्ष खुम बहादुर खत्रीको सभाध्यक्षमा तथा संघका संस्थापक अध्यक्ष त्रियोगी नारायण अग्रवालले प्रमुख अतिथिमा भएको अधिवेशनबाट डिल्ली बहादुर सिंहको अध्यक्षतामा९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

LIfe Ok

वरिष्ठ उपाध्यक्ष भुपेन्द्र बहादुर चन्द्र, उपाध्यक्ष कृष्ण नाथ योगी, महासचिव दोबरे खत्री, सचिव खगराज शाह र कोषाध्यक्ष टिकाराम वलि रहेका छन् ।

यस्तै सदस्यहरुमा हिरालाल वली, कृष्ण बहादुर कुवर, नरबहादुर थापा, र केशर बहादुर बिष्ट रहेका छन् ।

उद्घाटन सत्रमा बोल्दै संघका संस्थापक अध्यक्ष अग्रवालले व्यवसायीहरूको हकहित र अधिकारका लागि संघले खेलिरहेको भूमिकाको चर्चा गर्दै संघको निरन्तर प्रयासले मात्र व्यवसायीहरूको समस्या समाधान गरिहेको छ थप व्यवसायलाई सुरक्षित र व्यवस्थित बनाउँदै अघि बढ्न सबैले मिलेर काम गर्नुपर्ने बताए ।

यस्तै कानुनी सल्लाहकार जयकृष्ण न्यौपानेले व्यवसायीहरूको कानुनी चुनौतीहरूका बारेमा सुझाव दिँदै संघलाई कानुनी सल्लाह आवश्यक भएको औंल्याए । उनले व्यवसायीहरूको कानुनी अधिकार सुनिश्चित गर्नका लागि संघले ठोस कदम चाल्नुपर्नेमा जोड दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ भदौ २९ गते शनिबार