Kohalpur Today Header Ads

सहिद स्मृति केन्द्र नेपालको साधारण सभा सकियाे




New Karnali

कोहलपुर

सहिद स्मृति केन्द्र नेपालको नवौं साधारण सभा सकिएकाे छ । शुक्रबार कोहलपुरमा एक औपचारिक कार्यक्रमको आयोजना गरि साधारण सभा सकिएकाे हो ।

सहिद स्मृति केन्द्र नेपालका अध्यक्ष ओम प्रकाश सापकोटाको अध्यक्षतामा सम्पन्न साधारण सभाको प्रमुख अतिथिमा सहिद कमल दाहाल र दुर्गा बहादुर दाहालको ९६ बर्षिया आमा अभिमाया दाहाल रहेका थिए ।

LIfe Ok

साधारण सभामा स्मृति केन्द्रका सचिव तिलक सिंह कार्कीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन संस्थाकी कोषाध्यक्ष खेनुमाया पाठकले प्रस्तुत गरेकि थिइन् । दुबै प्रतिवेदन सहित संस्थाका अध्यक्ष सापकोटाले प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा अतिथिका रुपमा रहेका नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पुर्व मन्त्री महेश्वर गहतराज अथकले संस्थाले सहिद परिवारका सदस्यहरुका लागि जिविकोपार्जन गर्न शीपमुलक तथा आयमुलक जस्ता कार्यक्रमहरु संचालन गर्नु पर्ने सुझाव दिए । उनले सहिदहरुको बलिदानले नयाँ व्यवस्था ल्याएको हुनाले सहिदहरुको सम्मानमा कमि नगर्न आग्रह गरे ।

यस्तै नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं बाँके ईन्चार्ज पुर्ण कुमारी सुबेदीले सहिद परिवारको योगदानलाई कसैले पनि भुल्न नहुने बताउदै सहिद परिवारको सुख:दुखमा सबैले साथ दिनुपर्ने बताइन् ।

यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार प्रकाश सुवेदी (चन्द्रकान्त), बाँके जिल्ला संयोजक नरेन्द्र पाण्डे (जेम्स) कोहलपुर नगर अध्यक्ष अवराज खड्का लगायतले शुभकामना मन्तब्य राखेका थिए । साधारण सभाका अवसरमा संस्थामा महत्त्वपूर्ण योगदान पुर्याएका सहिद परिवारहरुलाई सम्मान गरिएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ भदौ २८ गते शुक्रबार