बैजनाथ ७ वडा कार्यालयको नवनिर्मित भवन उद्घाटन




बैजनाथ ।

बैजनाथ गाउँपालिकाका वडा नं. ७ को वडा कार्यालयको नवनिर्मित भवन उद्घाटन भएको छ । बिहिबार बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही र वडा नं. ७ का वडा अध्यक्ष दिनेश थारुले संयुक्त रुपमा नवनिर्मित भवन उद्घाटन भएको हो ।

उद्घाटनका क्रममा बोल्दै अध्यक्ष शाहीले आफ्नै घरआगनबाटै सबै सेवाहरु पाउने व्यवस्था ल्याउने सबै राजनितिक दलहरुलाई धन्यवाद दिँदै यो व्यवस्थाको संरक्षण र संरक्षण गर्नु हाम्रो दायित्व रहेको बताए । बैजनाथ गाउँपालिकाले ल्याएको निति तथा कार्यक्रमलाई यहाँहरुले निकै उत्साहपूर्ण तरिकाले लिएको र सबैको सहभागितामा सफल र सक्षम भएको भन्दै आफू खुसी भएको बताए ।

गाउँपालिका र वडा कार्यालय जोड्नका लागि दशै तिहारको केही महिनापछि पक्की सडकको काम सुरु हुने भन्दै वडाबासीलाई विकास निर्माणमा कोही कसैले विवाद सिर्जना नगर्ने आग्रह समेत गरेका थिए । यहाँहरुले विवाद भएमा काम नहुने र बजेट फ्रिज हुने डर हुन्छ त्यसैले यहाँहरुकै सहमतिका आधारमा बजेट आएको हुन्छ त्यसलाई सर्वसम्मत रुपमा कार्यन्वयन गर्न सबैलाई अध्यक्ष शाहीले अनुरोध गरे ।

यस्तै बैजनाथ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विश्वराज ढकालले १ करोड ५ लाखमा भवन निर्माण भएको बताए । विएल एन कन्ट्रक्सनले ठेक्का पाएको थियो सम्झौता अनुसार समयमै काम सम्पन्न भएको धन्यावद दिँदै वडाबासीलाई सम्पूर्ण प्रशासकिय काममा कुनै ढिलासुस्ती नुहुने र भए आफूलाई जानकारी दिन अनुरोध गरेका थिए ।

यस्तै बैजनाथ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देव बहादुर रावतले गुणस्तरीय र प्रभावकारी ढङ्गबाट बैजनाथ गाउँपालिका र वडाहरुमा काम भइरहेको बताए ।

बैजनाथ गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष तथा कार्यक्रम सभापति दिनेश थारुले वडाबासीलाई आफ्नै भवनबाट सेवा दिन पाउँदा निकै खुसी भएको बताए । यहाँको समस्या आफ्नो समस्या भएको भन्दै यहाँका हरेक समस्याको समाधान गर्नका लागि आफू तत्पर लागि पर्ने बताए ।

वडा कार्यालय उद्घाटन कार्यक्रममा वडाका सम्पूर्ण पार्टीका नेतृत्व सहित वडाबासीहरुको उल्लेख उपस्थित रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ भदौ २८ गते शुक्रबार