कोहलपुर ।
कोहलपुर नगरपालिका ११ स्थित इलाका प्रहरी कार्यालय नजिकै कार दुर्घटनामा परी चालक घाइते भएका छन् । आज विहान करिब ३ : २० मा इप्रका कोहलपुरको कार्यालय अगाडी बागमति प्रदेश ६५०६ नम्बरको कार दुर्घटना भएको थियो ।
इप्रका कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीका अनुसार लम्जुङ जिल्ला बेशीसहर २ का सागर खड्का घाइते भएको र उनलाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको जानकारी दिएका छन् ।
कार तिव्र गति भएकोले दुर्घटना भएको अनुमान गरिएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८१ भदौ २७ गते बिहीबार











प्रतिक्रिया दिनुहोस्