गाई बाध्न नदिएको रिसले नगरपालिकाले लगाएको विरुवा काटिदिए, विरुवा काटेको मान्छे नै फरार

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले लगाएका विरुवा गोरु बाध्न नदिएको रिसमा एक स्थानियले काटेका छन् । नेपालगञ्ज कोहलपुर सडकखण्ड अन्तर्गत कोहलपुर १० रामनगर क्षेत्रमा सडकको विचमा लगाइएका करिब ५ वटा विरुवा काटेर फरार रहेको नगरपालिकाले जनाएको छ ।

कोहलपुर नगरपालिकाका प्रवक्ता नम प्रसाद आलेका स्थानिय लिला भूषालले ५ वटा समीका विरुवा काटेर फरार रहेको बताए । उनलाई खोजी कार्यका लागि नगर प्रहरी नेपाल प्रहरीले समेत खोजी कार्य गरिरहेको प्रवक्ता आलेले बताए ।

यस्तै कोहलपुर नगरपालिका १० का वडाअध्यक्ष गौरा भट्टराईका अनुसार सिसिटीभि क्यामरामा भएको रेकर्ड अनुसार छोराले रुख काटिरहेको र आमाले घरबाट हेरिरहेको देखिन्छ । पाँच वटा रुख काटिएको अवस्थामा छन भने अर्को काट्दाकाट्दै छोडेको वडाअध्यक्ष भट्टराईले बताए ।

कोहलपुर नगर प्रहरी प्रमुख विर बहादुर थापाका अनुसार विरुवा काट्ने व्यक्तिलाई कानूनको दायरामा ल्याई कारवाहीको पक्रिया अघि बढाउने बताए । अहिले थप खोजी कार्य जारी रहेको छ ।

error: Content is protected !!