सुनिसा चन्द, कोहलपुर ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल बाँकेको आयोजनामा भएको तिज नृत्य प्रतियोगिता-२०८१ मा पञ्चमुखी ईमि स्कुल प्रथम भएको छ ।
सिनियतर्फ पञ्चमुखी स्कुल प्रथम, इन्टिग्रेटेट सेकेन्डरी स्कुल दोस्रो र हिमालय विद्या निकेतन तेस्रो भएका छन् भने जुनियरतर्फ लर्ड बगेश्वरी विद्या निकेतन प्रथम, जेनिथ एकेडेमी दोस्रो र लिटिल हारबार एकेडेमी तेस्रो भएका छन् ।

तिज नृत्य प्रतियोगितामा बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेशनल प्याब्सन बाँकेका अध्यक्ष किशोर राज मल्लको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले विकृति र विसंगतिलाई न्यूनिकरण गरी मौलिकतामा आधारित तिज मनाउन आग्रह गरेकी थिइन् । पछिल्लो समयमा दर खाने र दर खुवाउने पनि देखासिकि गरेर भट्कीलो गरिरहेको देखेकी छु, त्यसलाई रोक्नलाई यस्ता प्रतियोगिताबाट भट्कीलो नगरी मौलिकतामा आधारित तिज मनाउन आग्रह गरेकी हुन् ।
तिज नृत्य प्रतियोगितामा बाँकेका ६ पालिकाका सिनियर र जुनियर गरी ३८ वटा विद्यालयले भाग लिएको एनप्याब्सन बाँकेको सचिव वेग प्रकाश चन्दले बताए ।

कक्षा ६—१२ का सिनियरतर्फ २७ वटा विद्यालय र नर्सरीदेखि ५ कक्षाका जुनियरतर्फ ११ वटा विद्यालय हुन ।
पञ्चमुखी स्कुलका छात्रा पुजा बम, झरणा केसी, रेजिना वली, आयूषमा केसी, पुनम चन्द र सुप्रिया पुन रहेका थिए भने इन्टिग्रेटेट सेकेन्डरी स्कुलका छात्रा कृष्णा चन्द, प्रमिला गुरुङ, सोनिया थापा, स्वस्तिका थापा, सपना थापा र पुजा थापा रहेका थिए ।
यस्तै हिमालय विद्या निकेतनका छात्रा सुजना खड्का, विमला बस्नेत, मोनिका सुनार, आकृति थापा, जेनिसा बस्नेत, आदिति गिरी, प्रतिमा खुत्री र आसीका रोकाय रहेका थिए ।

यस्तै जुनियरतर्फ लर्ड बागेश्वरी विद्या निकेतनका छात्रा खुसी पुन मगर, शभावी पासी, खुस्बु थापा, कार्तिका खत्री र आकांक्षा सुनार रहेका थिए भने जेनिथ एकेडेमीका सुजाता सिंह, आरुसी थापा, सरस्वती शर्मा, कुस्मा थापा र दिपीका शाही रहेका छन् ।
यस्तै लिटिल हारबार एकेडेमीका समृद्धि जैसी, सरिका केसी, अनुरागी सुवेदी, रोजिना बुढाथोकी र कास्वी श्रेष्ठ रहेका छन् ।

तिज नृत्य प्रतियोगितामा नेशनल प्याब्सन केन्द्रिय उपमहासचिव कुसुम रानाभाट, केन्द्रिय सदस्य श्याम कुंवर, लुम्बिनी प्रदेश अध्यक्ष कुवेर बस्नेत, सह—कोषाध्यक्ष कमल पछाई, कानूनी सल्लाहाकार सुरेश गौतम, बाँकेका प्रथम उपाध्यक्ष चिरञ्जिवि चन्द लगायत पालिकाका संयोजक, शिक्षक र विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेका थिए ।
कार्यक्रम नेशनल प्याब्सन बाँकेका सहसचिव प्रकाश मल्लले सञ्चालन गरेका थिए ।


कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्