कोहलपुरमा हुने ‘प्रादेशिक महोत्सव’ मा स्थानिय उत्पादनलाई प्राथमिकता

कोहलपुर ।

कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण राज पौडेलले फागुन ५ गतेदेखि कोहलपुरमा हुन लागेकाे महोत्सवमा स्थानिय कला, संस्कृतिका र उत्पादनलाई प्राथमिकतामा राखिने बताएका छन् ।

कोरोना महामारीपछि बिश्वव्यापी आर्थिक मन्दीका बिचमा कोहलपुर उद्योग वाणिज्य संघले फागुन ५ गतेदेखि १५ गतेसम्म ‘लुम्बिनी प्रादेशिक महोत्सव २०७९’ संचालन गर्न लागेको हो ।

महोत्सव आयोजक मूल समारोह समिति संयोजक एवं कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष पौडेलले वाणिज्य संघको बहुआयामिक भवन निर्माणार्थ संचालन गर्न लागिएको महोत्सवमा २ सय ५० बढी स्टलहरु रहने र करिब तिन लाख बढीले अवलोकन गर्ने आयोजकको अनुमान गरिएको बताए ।

महोत्वसमा स्थानिय उत्पादन बिक्रि गर्नका लागि स्टल चार्जमा २० प्रतिशत छुट, विद्यार्थीलाई विहान १० बजेदेखि १२ सम्म निशुल्क अवलोकनको व्यवस्था मिलाईएको जानकारी दिए ।

सदस्यता नबिकरण गरेका संघका सदस्य लाई समेत कार्डका आधारमा निशुल्क महोत्वस अवलोकन गर्न दिइने उनले बताए ।

कोहलपुरको पहिचान दिने स्थानिय बस्तु र उत्पादन प्रर्दशनी लागि अनि न्युन शुल्कमा स्टल उपलब्ध गराईने महासचिव मातृका सापकाेटाले जानकारी दिए ।