Kohalpur Today Header Ads

उत्तर प्रदेश प्रहरीले इन्काउन्टरमा मारिदियो पूर्वसांसदका छोरा




एजेन्सी ।

भारतको उत्तर प्रदेशमा प्रहरीले एक जना पूर्वसांसदका छोरालाई इन्काउन्टरमा मारिदिएको छ।

टाइम्स अफ इन्डियाका अनुसार बिहीबार उत्तर प्रदेशको झाँसीमा भएको इन्काउन्टरमा दुई जना मारिएका हुन्। मारिनेमा ग्याङस्टार अतिक अहमदका कान्छा छोरा असद अहमद र एक अर्का सार्पसुटर रहेका छन्। आपराधिक गतिविधिबाट राजनीतिमा आएका अतिक सन् २००९ सम्म लोकसभाका सदस्य थिए।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

उनीहरूलाई उत्तर प्रदेशका विधायक उमेश पालको हत्या गरेको आरोपमा प्रहरीले खोजी गरिरहेको थियो। उनीहरूको टाउकाको मूल्य ५ लाख भारू तोकिएको थियो। पालको गत फेब्रुअरीमा हत्या भएको थियो।

आपराधिक गतिविधिमा संलग्न भएका अतिकका अरू दुई छोरा अहिले जेलमा छन्।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ चैत ३० गते बिहीबार