Kohalpur Today Header Ads

कोहलपुर न्यूरोडमा भाद्र १८ देखि २६ गतेसम्म तिज विशेष साँस्कृतिक कार्यक्रम हुँदै




सुनिसा चन्द, कोहलपुर ।

हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज विशेष सांस्कृतिक कोहलपुरको न्यूरोडमा भाद्र १८ गतेदेखि २६ गतेसम्म हुन लागेको छ ।

दियालो परिवार कोहलपुरले आज पत्रकार सम्मेलन गरी कोहलपुरको न्यूरोडमा भाद्र १८ गतेदेखि २६ गतेसम्म तीज विशेष सांस्कृतिक कार्यक्रम गर्ने तय भएको जानकारी दिएको हो ।

LIfe Ok

कार्यक्रममा हरेक दिन हुने सांस्कृतिक प्रस्तुतिहरू तीजको मौलिकता झल्काउने खालका हुने आयोजकले जनाएको छ ।

आयोजकका अुनसार तीज गीत र नृत्य प्रतियोगिता, राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको विशेष सांगीतिक कार्यक्रम पनि कार्यक्रमको आकर्षणका रूपमा रहनेछ ।

दियालो परिवार कोहलपुरका अध्यक्ष भावना पाठकले तीज पर्वको मौलिकतालाई कायम राख्दै तीजको वास्तविक गरिमा झल्काउनका लागि कार्यक्रम गर्न थालेको बताए ।

तीज पर्वको नाममा देखिएको फेसन र आधुनिकता प्रर्दशनले पारम्परिक लोकभाका र संस्कृति हराउँदै गएको प्रति चिन्ता व्यक्त गर्दै यस कार्यक्रम मार्फत नेपाली कला र संस्कृतिलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको दियालो परिवार कोहलपुरका अध्यक्ष पाठकले बताए ।

पाठकका अनुसार कार्यक्रमबाट संकलित रकम संस्था सञ्चालनका लागि आवश्यक सामग्री खरिद र कार्यालय व्यवस्थापनमा प्रयोग गर्ने बताए ।

दियालो परिवारले सबै सरकारी, गैरसरकारी संस्था, उद्योग, व्यापारिक प्रतिष्ठान, र सरोकारवाला निकायलाई यस कार्यक्रमको सफलताका लागि सहयोगको अपिल गरेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ भदौ १२ गते बुधबार