Kohalpur Today Header Ads

विषादी खुवाएर दुई बच्चाको हत्या !




विराटनगर ।

मोरङको सुन्दरहरैंचामा दुई बालिकाको हत्या गरिएको छ । सुन्दरहरैंचा ७ गोठगाउँमा दिदी बहिनीको हत्या गरिएको अवस्थामा केराघारीमा शव भेटिएको हो ।

धनकुटा पाख्रिबास ४ डिकुरे घर भई हाल मोरङ सुन्दरहरैंचा ७ मालती टोल बस्ने दिदी सिता रेग्मीको घरमा बस्दै आएका ३१ वर्षीय अर्जुन कार्कीका दुई छोरीको हत्या भएको प्रहरीले जनाएको छ । हत्या हुनेमा ३ वर्षकी अर्पणा कार्की र १ वर्षकी आइका कार्की रहेका छन् । उनीहरूलाई विषादी खुवाएर हत्या गरेको प्रहरीले जनाएको छ ।

LIfe Ok

बच्चा मृत अवस्थामा भेटिएको स्थानमा विषादी पनि भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले बताए ।

‘अर्जुन र श्रीमती २९ वर्षकी अस्मिता पौडेलबिच बिहान भनाभन भएको रहेछ,’ जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले भने, ‘दिउँसो साढे ४ बजे दुई छोरी मृत भेटिए ।’ अस्मिता भने फरार रहेको प्रहरीले जनाएको छ ।

नारायण न्यौपानेको केरा बगानमा दुई वटा बच्चा मृत अवस्थामा फेला परेको भन्ने खबर स्थानीयले प्रहरी चौकी गछियालाई जानकारी गराएका थिए । घटनास्थलमा पुगेर छानबिन भइरहेको प्रहरीले जनाएको छ । अरुण भने सवारी चालक रहेको प्रहरीले जनाएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ भदौ १५ गते शनिबार