डायनामिक माविले मनायो १९औं वार्षिकोत्सव तथा अभिभावक दिवस (फोटो फिचर)

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको डायनामिक माविले १९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा मनाएको छ ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष इश्वर प्रसाद पोख्रेलले उद्घाटन गरी १९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा मनाएको हो ।

कक्षा ८ मा अध्ययनरत श्रेया पौडेलले स्वागत मन्तव्य राखेकी थिए । बार्षिकोत्सवमा अभिभावकको तर्फबाट तुला चौधरीले आफ्नो भनाई राखेका थिए । चौधरीले आफुले चाहेको र सोचे जस्तो नतिजा प्राप्त गरेको भन्दै खुसी व्यक्त गरे ।

बालबालिकालाई विद्यालयमा ६ घण्टा छोडेका हुन्छौं तर १८ घण्टा आफूसंग हुने भएकोले अभिभावकको समेत उत्तिकै भूमिका हुने चौधरीले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होम प्रकाश सुवेदीले डिजिटल माध्यामबाट शैक्षिक गुणस्तर बृद्धिमा जोड दिएको बताए ।

‘पछिल्लो अवस्थामा विश्वव्यापी रुपमा निकै प्रभावकारी र व्यवहारीक प्रविधिको प्रयोग गरी शिक्षण गरिन्छ,’ उनले भने, ‘त्यसलाई डायनामिक विद्यालयले पछ्याइरहेको छ ।’

मंसिर ५ गतेबाट डाइनामीक माध्यामिक विद्यालयलेमा स्मार्ट बोर्डबाट पढाई सुरु गरेको प्रत्येक वर्ष २/२ का दरले थप कक्षाहरुमा समेत स्मार्ट बोर्डबाट अध्यापन गराउने विव्यस अध्यक्ष सुवेदीले बताए ।

यस्तै डाइनामिक माविका सञ्चालक समिति सदस्य तथा कार्यक्रममा सभापति इश्वर प्रसाद पोख्रेलले नैतिक शिक्षा र बैज्ञानिक शिक्षा प्रदान गर्दै आईरहेको बताए । ‘हालसम्म कक्षा ११ र १२ मा कम्प्यूटर साइन्स, होटल म्यानेजम्यान्ट, विजनेश म्यानेजम्यान्ट, हेल्थ, नेपाली, अंग्रेजी, र कानून समेत अध्यापन गराउँदै आइरहेका छौं,’ उनले भने, ‘नयाँ शैक्षिक सत्रबाट फ्यूर साइन्सको समेत अध्यापन गराउँदै आएका छौं ।’ अहिले कोहलपुर क्षेत्रमा उत्कृष्ट नतिजा ल्याइरहेको पोख्रेलले बताए ।

यस्तै परिक्षा नियन्त्रक कार्यालयका क्षेत्रीय प्रमुख सुमन गौतमले कोहलपुरमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै खुसी व्यक्त गरेका थिए ।

यस्तै डाइनामिक बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्र प्रसाद शर्मा, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारी, डायनामिक क्याम्पस प्रमुख अम्मरराज खत्री, प्याब्सन बाँकेका अध्यक्ष यम रावत, प्याब्सन कोहलपुर नगर कमिटि महासचिव रमेश खत्री, प्रधानाध्यापक रविन्द्र रेग्मी, सह—प्राचार्य सञ्जिप पौडेलल लगायत विद्यार्थी, अभिभावकहरुको उल्लेख्निय उपस्थित रहेको थियो ।

यस्तै वार्षिकोत्उसवमा बालबालिकाले विज्ञान प्रदर्शनी समेत गरेका सडक, शहर, आकाशे पानी जम्मा गरी विद्युत निकाल्न र पानी पिउन सकिने संगसंगै सिचाई समेत गर्ने, ट्राफिक लाइट, भूगोल, ग्रह, पृथ्वी लगायत दर्जनौ बढि विज्ञान सम्बन्धी गरेका थिए ।

यस्तै होटल व्यवस्थापन समुहले समेत पानी पुरी, चटपटे, सेलरोटी बनाएको थियो । यस्तै उत्कृष्ट नतिजा ल्याउन सफल कक्षा १ देखि १२ कक्षासम्मका बालबालिकाहरुलाई सम्मान सहित प्रमाण पत्र प्रदान गरेको थियो ।