आज विद्युत सप्लाई बन्द हुने (सूचना सहित)




कोहलपुर ।

कोहलपुर वितरण केन्द्रले भोली ईन्डष्ट्रियल फिडर र राँझा फिडरमा डबल सर्किट बनाउने कार्य हुने भन्दै आज (शनिबार) विद्युत सप्लाई बन्द गर्ने भएको छ ।

नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रले सूचना जारी गर्दै भोली राँझा फिडरमा डबल सर्किट बनाउने कार्य हुने भन्दै आज (शनिबार) विद्युत सप्लाई बन्द गर्ने भएको जानकारी दिएको छ ।

नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द कोहलपुरका प्रमुख माधव महतका अनुसार आज (शनिबार) विहान १० बजेदेखि ५ बजेसम्म विद्यूत सप्लाई बन्द हुने जानकारी दिए ।

उनका अनुसार निर्धारित समय भन्दा पहिले नै काम पुरा भएमा विद्युत सप्लाई हुने समेत महले जानकारी दिए ।

याे सूचना हेर्नुहाेस् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ भदौ ८ गते शनिबार