कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका २ मा रहेको गोरखा युनाईटेडले ११औं वार्षिक अभिभावक दिवस मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि ब्रह्मा कुमारी ईश्वरीय विश्वविद्यालय, राजयोग प्रशिक्षण केन्द्रकी उपाध्यक्ष श्री ब्रह्मा कुमारी दुर्गा शर्माले अभिभावक दिवसको उद्घाटन गरेकी थिइन् भने कार्यक्रमको सभापतित्व विद्यालयका सञ्चालक अध्यक्ष केशर बहादुर आले मगरले गरेका थिए ।
यस्तै स्कुलका प्रिन्सिपल साधना थापाले सम्पूर्ण अतिथि तथा अभिभावकज्यूहरुलाई स्वागत मन्तब्य राखेका थिए । यस्तै कार्यक्रमका संयोजक अरुण थापाले कार्यक्रमको उदेश्यका बारेमा आफ्ना भनाई राखेकी थिइन् ।

यस्तै कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाण्डौका प्राज्ञ महानन्द ढकाल, जिल्ला सम्वय समिति बाँकेकी उपाध्यक्ष सिता कार्की, बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज कुमार शाह, ईलाका प्रहरी कार्यालय कोहलपुरका कार्यालय प्रमुख सुन्दर तिवारी, जिल्ला ट्राफिक कार्यालयका कार्यालय प्रमुख गोपिकृष्ण सुबेदी, प्याब्सन बाँकेका अध्यक्ष यम रावत, नेपालगंज मेडिकल कलेजका डा. प्रज्ञा गौतम घिमिरे र डा. सुभाष पाण्डेय लगायतको उपस्थिति रहेको थियो ।
यस्तै ब्रह्मा कुमारी ईश्वरीय विश्वविद्यालय, राजयोग प्रशिक्षण केन्द्रकी उपाध्यक्ष श्री ब्रह्मा कुमारी दुर्गा शर्माले गुणस्तरीय र व्यवहारीक शिक्षाको लागि कोहलपुर क्षेत्रलाई देशभरी चिनाउने काम गरेको बताइन् ।
यस विद्यालयको थप प्रगति र उन्नतीको कामनाको गर्दै आफ्नो तर्फबाट सहयोग गर्ने र संस्थागत र सामुदायिक विद्यालयलाईसँगै अगाडि बढाउदै लैजानुपर्ने कुरामा जोड दिइन् ।

यस्तै जसमा कार्यक्रमलाई दुई चरणमा विभाजित गरिएको थियो । पहिलो चरणमा कक्षा ९, १० र कक्षा ११/१२ विद्यार्थीहरुद्धारा मार्च पास को प्रस्तृति गरिएको थियो भने के.जि.१ देखि कक्षा आठ सम्मका विद्यार्थीहरुले क्रमशः कक्षागत नृत्य, एरोविक, योगा, फेन्सि ड्रेस, पिटि तथा ड्रिल र तेक्वान्दोको प्रस्तुति सुन्दर र रोचक तरिकाले प्रस्तुत गरि अभिभावकहरुलाई मन्त्रमुग्ध पारेका थिए ।
२०७९ सालको एस.ई.इ र कक्षा १२ मा विज्ञान तथा व्यवस्थापन संकायमा उत्कृट जि.पि.ए ल्याउन सफल विद्यार्थीहरु र उनिहरुका अभिभावकहरु समेत सम्मान गरिएको थियो ।
कर्यक्रमको दोस्रो चरणमा अभिभावक र विद्यार्थीहरु, शिक्षक/शिक्षिकाहरु र अभिभावकहरु बिचको महिला र पुरुष बिच छुट्टा–छुट्टै रमाईलो खेलहरु सञ्चालन गरिएको थियो भने बिजेताहरु सबैलाई नगर पुरस्कार प्रदान गरिएको थियो । जसमा भलिबल, नृत्य (कपल) म्यूजिकल चियर, टक अफ वार खेल खेलाइएको थियो ।
अन्तर सदनात्मक एघारैं संस्थापक कप प्रतियोगितामा छात्रातर्फ पहेलो सदन दोस्रो र छात्र/छात्रा दुवैतर्फ हरियो सदनले प्रथम स्थान हासिल गरी नगद पुरस्कार प्राप्त गरेका थिए ।

कक्षा ११ र १२ को विज्ञान र ब्यवस्थापन संकाय छात्र/छात्रा विच भएको मैत्रीपूर्ण फुटबल खेलमा छात्र/छात्रा दुवैमा ब्यवस्थापन संकायले जितेको थियो । यसै बिच शिक्षक तथा प्रशासनिक कर्मचारी विच भएको मैत्रीपूर्ण फुटबल खेलमा प्रशासनिक कर्मचारीले खेल जिति नगद पुरस्कार प्राप्त गरेको थियो ।
कार्यक्रको समापनमा बोल्दै कार्यक्रमका सभापति मगरले अभिभावक दिवस सफल गर्न सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिनुका साथै आगामी दिनहरुमा अभिभावकहरुको सल्लाह र सुझावलाई अवलम्बन गर्दै अगाडि बढ्ने बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्