ज्ञानोदय सामुदायिक पुस्तकालयको आयोजनामा रामायण वाचन प्रतियोगिता हुँदै




कोहलपुर ।

ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको आयोजनामा भानुभक्तिय रामायण वाचन प्रतियोगिता हुन लागेको छ ।

१७औं राष्ट्रिय पुस्तकालय दिवस तथा पुस्तकालयको २०औं साधारण सभाको अवसरमा भानुभक्तिय रामायण वाचन प्रतियोगिता हुन लागेको हो ।

पुस्तकालयका सचिव एकराज शर्माले प्रतियोगितामा सहभागि हुन सरोकारवाला महानुभावहरु सबै आउनु सकिने व्यवस्था मिलाइएको बताए ।

प्रतियोगितामा सहभागि हुन श्रावण ३२ गते बेलुका ५ बजेसम्म नाम दर्ता गराउनेपर्ने छ । नाम दर्ता गराउन सम्पर्क नं. ०८१-५४१६४४, ९८४८१३०६५०, ९८४८२५२९६० मा फोन गर्न सकिने व्यवस्था मिलाइएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ साउन २३ गते बुधबार