बैजनाथमा आफ्नै घर भित्र बसिरहेको अवस्थामा चट्याङ लागेर घाइते




कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिका ४ मा आफ्नै घर भित्र बसिरहेको अवस्थामा चट्याङ लागर एक जना घाइते भएकी छिन् ।

विहान करिब ११:३० बजेको समयमा बैजनाथ ४ पिपलडाँडा बस्ने वर्ष ५३ कि बिष्णु माया थापालाई आफ्नै घर भित्र बसिरहेको अवस्थामा चट्याङ लागर एक जना घाइते भएको इप्रका कोहलपुरले जनाएको छ ।

इप्रका कोहलपुरका अनुसार चट्याङ घाइतेको दाहिने हातमा पर्दा घाइते भएको र उनको उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८१ साउन १६ गते बुधबार