Kohalpur Today Header Ads

सामाजिक सञ्जालमा हेर्न,सुन्न नसकिने जे आइरहेको छ त्यो वाक स्वतन्त्रता होइन : प्रधानमन्त्री ओली




काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आउने अमर्यादित विषय वाक स्वतन्त्रताभित्र नपर्ने बताएका छन् । शनिवार काठमाडौँमा भएको युथ कन्क्लेभ कार्यक्रममा कलाकार सुमन कोइरालाले सोधेको वाक स्वतन्त्रता के हो भन्ने जिज्ञासामा प्रधानमन्त्री ओलीले निर्वाध सत्य कुरा सहि ढंगले देशका लागि जनताका लागि बोल्न पाउने कुरा नै वाक स्वतन्त्रता भएको बताए ।

उनले भने– ‘वाक स्वतन्त्रताका नाममा आजकाल सामाजिक सञ्जालहरुमा जे आइरहेको छ, हेर्न नसकिने, सुन्न नसकिने खालको जे आइरहेको छ यो वाक स्वतन्त्रता होइन, त्यसको दुरुपयोग हो । त्यो लोकतन्त्रको दुरुपयोग हो । यसले समाजलाई योगदान के गर्छ ? केही योगदान गर्दैन । राम्रा कुराहरु गरौँ । सरकारले प्रतिबन्द्ध लगाउने के गर्ने भन्दा पनि आफै नियम कानुनको पालना गर्ने हुनुपर्छ । आफै कानुन मान्ने, आफै आचारणमा बस्ने, सामाजिक मर्यादा परिपालना गर्ने परिपाटी बसाउनुपर्छ ।

LIfe Ok

उनले वाक स्वतन्त्रता भनेको सत्य कुरा बोल्न कसैले रोक्न नपाउने कुरा भएको उल्लेख गरे । आफूलाई त्यो किन सत्य लाग्यो भन्नेमा पनि जिम्मेवार हुनुपर्ने बताए । अनुमानका आधारमा कसैलेको परिवार विग्रिनेगरी, जिवन विग्रनेगरी बोल्ने हो भने समाज भाँडिने तर्क गरे ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ भदौ ८ गते शनिबार