Kohalpur Today Header Ads

विमान दुर्घटनामा मृत्यु भएकाको शव शिक्षण अस्पतालमा, क्याप्टेनको केएमसीमा उपचार जारी




काठमाडौँ ।

सौर्य एयरलाइन्सको ९–एनए एमई विमान दुर्घटनामा मृत्यु भएका १८ जनाको शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । घटनास्थलबाट सङ्कलन गरिएका शव पोस्टमार्टमका लागी शिक्षण अस्पतालमा पठाइएको उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

पोखरा उडेको विमान सौर्य एयरको ह्याङ्गर पछाडिको खाली भागमा खसेको एसएसपी मैनालीले बताए । विमानका क्याप्टेन मनिषरत्न शाक्यलाई उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना गरिएको छ । शाक्यको आँखामा चोट लागेको छ ।

LIfe Ok

सुरक्षाकर्मीहरू र अग्नि नियन्त्रकहरुले मध्यान्ह ११ बजेर ४० मिनेटमा विमानमा लागेको आगो नियन्त्रणमा लिएका छन् ।

विमानमा चालक दलका सदस्य सहित १९ जना सवार थिए । पोखरामा बिग्रिएको जहाज बनाउन हिँडेका सबै यात्रु सौर्य एयरको इन्जिनियर र कर्मचारी हुन् । विमानमा अमित मान महर्जन, सगर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदिप लाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौड्याल, सन्तोष महतो, पुण्य रत्न शाही र आरिफ रेडा सवार थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ साउन ९ गते बुधबार