Kohalpur Today Header Ads

कोहलपुरमा थपियो तीन दिन गर्मी बिदा




कोहलपुर ।

कोहलपुर नगरपालिकाले तीन दिन गर्मी विदा थपिएको छ । अत्याधिक गर्मी भई पठनपाठनमा कठिनाई भएकाले जेठ १६ गतेदेखि १८ गतेसम्म गर्मी विदा दिइएको थियो ।

गर्मी विदा दिइएकोमा मौसम सुधार नदेखिएकोले थप ३ दिन गर्मी विदा दिइएको कोहलपुर नगर शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।

LIfe Ok

कोहलपुर नगरापालिका अन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालयहरुमा वर्षे विदाबाट मिलान हुने गरी थप तीन दिन विदा दिने निर्णय गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख राम बहादुर हमालले बताए ।

सूचना हेर्नुहोस् ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ जेठ १८ गते शुक्रबार