कोहलपुरमा थपियो तीन दिन गर्मी बिदा

कोहलपुर ।

कोहलपुर नगरपालिकाले तीन दिन गर्मी विदा थपिएको छ । अत्याधिक गर्मी भई पठनपाठनमा कठिनाई भएकाले जेठ १६ गतेदेखि १८ गतेसम्म गर्मी विदा दिइएको थियो ।

गर्मी विदा दिइएकोमा मौसम सुधार नदेखिएकोले थप ३ दिन गर्मी विदा दिइएको कोहलपुर नगर शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।

कोहलपुर नगरापालिका अन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालयहरुमा वर्षे विदाबाट मिलान हुने गरी थप तीन दिन विदा दिने निर्णय गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख राम बहादुर हमालले बताए ।

सूचना हेर्नुहोस् ।