बर्दिया ।
बर्दिया अस्पतालमा अखिल नेपाल स्वास्थ्य श्रमिक संघ गठन भएको छ ।
आज भएको बर्दिया अस्पतालमा अखिल नेपाल स्वास्थ्य श्रमिक संघको अध्यक्षमा शालिकराम चौधरी चयन भएका छन् । जसको उपाध्यक्षमा रुपा खड्का, सचिवमा तारा बुढाथोकी र कोषाध्यक्षमा संगिता थारु रहेका छन् ।
यस्तै सदस्यहरुमा गुरुनाथ चौधरी, सिर्जना थारु, मन्जु खनाल, शिवा रखाल, अस्मिता थारु, भगवती चौधरी र बालकृष्ण चौधरी रहेका छन् ।
कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेशका अध्यक्ष बसन्त मल्लको प्रमुख अतिथित्यतामा समिति गठन भएको थियो भने बर्दिया जिल्ला अध्यक्ष आशिका चौधरीलगायत उपस्थित रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्