शिवध्वज शाही, कोहलपुर ।
मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरले स्नातक तह प्रथम सेमेस्टरमा वि एस्सि कक्षा सुरु गर्न लागेको हो । शैक्षिकसत्र २०८१/०८२ मा स्नातक तह प्रथम सेमेस्टरमा वि एस्सि कक्षा सुरु गर्ने उद्देश्यले कोहलपुर, नेपालगन्ज र बैजनाथका स्थानीय निकायमा विज्ञान विषय पढाइहुने विद्यालयका विज्ञान शिक्षकहरुको अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । विज्ञान शिक्षकसंघ कोहलपुरको समन्वयमा उक्त कार्यक्रम गरिएको क्याम्पस प्रमुख दान बहादुर हमालले जानकारी दिए ।
उनले बांके जिल्लामा विज्ञान विषयको जनशक्ति निकै कम रहेको, यहाँका सरकारी र संस्थागत विद्यालयमा शिक्षकको अभाव भएकोले यो जनशक्ति उत्पादन गर्न विश्वविद्यालयले वि एस्सिको पठनपाठन गर्न शैक्षिकसत्र २०८०/०८१ मा अनुमती दिएको भएपनी आवश्यक पुर्वाधारको अभाव सन्चालन गर्न नसकेको वताए । हामी सन्चालन गर्ने तयारी गरेको भएपनि विश्वविद्यालय समयमै अनुमती दिन नसकेकोले सन्चालन गर्न कठिनाइ भएको वताए ।

वि एस्सि यस क्षेत्रमा निकै आवश्यक भएकोले वागेश्वरी क्याम्पसमा अनिवार्य सन्चालन गर्नुपर्नेमा यस अघि कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा भएको सरोकारवाला निकायसँगको अन्तक्रिर्यामा वताईएको थियो । प्याब्सन बांके, एन प्याब्सन बांके, कृसा बांके लगायत विज्ञान विषय सन्चालन गरेका विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुको उपस्थितमा भएको कार्यक्रममा यस्तो वताइएको हो ।

कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले यस अघि नै विज्ञान विषयको पठनपाठन गरे प्रयोगशाला बनाउन नगरपालिकाले सहयोग गर्ने प्रतिवद्द्ता जनाएका थिए । उनल्व कोहलपुर लाई शैक्षिकहव बनाउन पनि क्याम्पसले पठनपाठन गर्नुपर्ने वताए ।
विज्ञान विषयको पठनपाठन कोहलपुर क्षेत्रमा रहेका त्रिभुवन नमुना माध्यमिक विद्यालय कोहलपुर, ज्ञानज्योति माध्यमिक विद्यालय कोहलपुर, प्रभात माध्यमिक विद्यालय जि गाउँ, सामुदायिक विद्यालयमा र संस्थागत विद्यालयहरु रामजानकी माध्यमिक विद्यालय कोहलपुर, गोर्खायुनाईटेड स्कुल कोहलपुर, बालविद्या मन्दिर माध्यमिक विद्यालय कोहलपुर, गिरिनपिस माध्यमिक विद्यालय चपगौडी कोहलपुर र जिवनज्योती विद्यालयमा पठनपाठन हुदै आएकोले विद्यार्थीहरुको अभाव नहुने भन्दै विज्ञान शिक्षक संघ कोहलपुरका अध्यक्ष केशव प्रसाद रिजालले वताए । क्याम्पसमा विहानी सत्रमा पढाई सुरु गर्न सके यहाँका विद्यार्थीले मात्र होइन सरकारी र गैरसरकारी संघसंस्था एवम विद्यालयका शिक्षकहरुले समेत अध्ययन गर्ने वताए ।

कार्यक्रम वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका पुर्व क्याम्पस प्रमुखहरु ध्रुव कुमार अधिकारी, रमेशचन्द्र अधिकारी, शिशिर कुमार शर्मा, पुर्व सहायक क्याम्पस प्रमुख कृष्ण प्रसाद अधिकारी, विभागीय प्रमुखहरु जिवनसिंह राठौर ज्ञानेन्द्र शाही, प्रजातन्त्रवादी प्राध्यापक संघका सभापति एकराज शर्मा नेपाल रास्टृय प्राध्यापक संगठनका अध्यक्ष जयकृष्ण न्यौपाने, विभागीय सदस्य प्रमोद सुवेदी स्व वि यु अध्यक्ष देवेन्द्र बहादुर बुढाको उपस्थित थियो ।
अन्तरक्रिया कार्यक्रम बांके जिल्लामा रहेको विज्ञान शिक्षकहरुको उपस्थिती रहेको थियो । उपस्थितहरुको राय यहि शैक्षिक सत्र देखि पठनपाठन गर्न दिएको सुझावका आधारमा कार्ययोजना निर्माण गरि भर्ना गरिने क्याम्पस प्रमुख हमालले कोहलपुर टुडे लाई जानकारी दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्