कुमारी बैंककी कर्मचारी तृप्ती राणा पक्राउ




काठमाडौं ।

कुमारी बैंककी कर्मचारी तृप्ती राणा पक्राउ परेकी छन् ।

उनीमाथि हुण्डीको कारोबार गरेको आरोप लागेको छ । उनीमाथिको आरोपबारे अहिले अनुसन्धान भइरहेको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार राणाले बैंकमा पटक पटक ठूलो रकम जम्मा गर्ने र झिक्ने गरेको देखिएकाले हुण्डीको रकम हुन सक्ने भएकाले अनुसन्धान गर्न माग गर्दै उनीविरुद्ध उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा राणालाई पक्राउ गरिएको हो । राणालाई सोमबार थापाथलीबाट पक्राउ गरिएको हो । जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरेर अनुसन्धान थालिएको छ ।

प्रकाशित मिति : २०८१ असार २५ गते मंगलबार