कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकाले बालविकास देखि १२ कक्षा सम्म एउटै समयमा अध्ययन/अध्यापन गराउनुपर्ने निर्णय गरेको छ । कोहलपुर नगर शिक्षा शाखाले सूचना जारी गर्दै देखि १२ कक्षा सम्म एउटै समयमा अनिवार्य अध्ययन/अध्यापन गराउनुपर्ने निर्णय गरेको हो ।
कोहलपुर नगरपालिका शिक्षा शाखाका प्रमुख राम बहादु हमालले बालविकास देखि १२ सम्म विद्यालय तहको पाठ्यपुस्तक भएकोले सो तहलाई ६ घण्टा पढाउनुपर्ने भएकोले एउटै समयमा पढाउनुपर्ने बताए ।
‘अभिभावकलाई जानकारीका लागि सूचना समेत जारी गरेका छौं’ उनले भने, ‘कोहलपुरमा ११ र १२ सञ्चालित विद्यालयहरुले फरक फरक समयमा पढाइरहेको छन् भने एउटै समयमा पढाउनुपर्नेछ ।’ कोहलपुरका कक्षा ११ र १२ सञ्चालन गरेका विद्यालयहरुलाई मध्यनजर गरी सूचना जारी गरिसकेको हमालले जानकारी दिए ।
सूचना !
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्